Logo

बैंकिङ प्रणालीबाट एक महिनामा १९ अर्ब बाहिरियो, निक्षेप संकलन ३ अर्बले घट्यो

बैंकिङ प्रणालीबाट एक महिनामा १९ अर्ब बाहिरियो, निक्षेप संकलन ३ अर्बले घट्यो



काठमाडौं । बैशाख महिनामा मात्रै नेपालका वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ रकम बाहिरिएको छ । नेपाल बैंकर्स एसोसीएसनले उपलब्ध गराएको तथ्यांक अनुसार १ महिनाकै अवधिमा उक्त रकम बाहिरिएको हो । गत चैत ३० गते वाणिज्य बैंकहरुसँग ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो । तर बैशाख मसान्तसम्म आईपुग्दा उक्त निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको हो ।

यस्तै पछिल्लो हप्तामात्रै बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैशाख २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको निक्षेप पछिल्लो हप्ता घटेर बैशाख मसान्तमा ४३ खर्ब ७० अर्बमा सिमित भएको हो ।

यस्तै वाणिज्य बैंकहरुले बैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन चैत मसान्तसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको थियो । अर्थात पछिल्लो १ महिनामा वाणिज्य बैंकहरुले कर्जा प्रवाह पनि ६ अर्ब रुपैयाँले घटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL