Logo

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा डिजिटल भुक्तानीमा अफर

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा डिजिटल भुक्तानीमा अफर



काठमाडौँ । कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २०औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ । बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ ।

laxmi

यस कार्यलाई हाम्रा ग्राहकवर्गले सहयोग गरिदिने भन्ने अपेक्षा बैंकले गरेको छ । यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियानहरू प्रस्तुत गरेको छ ।

डेबिट र क्रेडिट कार्डको हकमा

बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्डमार्फत पिओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा २१ सयसम्म क्यास ब्याक प्रदान गरिनेछ । यो सुविधा एटीएमबाट पैसा झिक्दा लागू हुनेछैन ।

पहिलो पटक मोबाइल टप अप वा पहिलो क्यूआर भुक्तानी गर्दा

बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोबाइल बैंकिंग एप प्रयोग गरी पहिलो पटक मोबाइल टप अप गर्दा वा चैत्र २० गतेको दिन पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतममा २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।

हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने

कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू. १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।

लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण

बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्टमार्फत क्यूआर पेमेन्ट, फण्ड ट्रान्सफर अथवा मोबाइल टप अप गर्दा लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की-ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफुसँग थप एकजना लाई भ्रमण्मा लिएर जान सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL