Logo

अब चोभारको सुक्खा बन्दरगाहमै कार्गो ल्याउन पाइने, राष्ट्र बैंकद्धारा एकीकृत परिपत्र संशोधन

अब चोभारको सुक्खा बन्दरगाहमै कार्गो ल्याउन पाइने, राष्ट्र बैंकद्धारा एकीकृत परिपत्र संशोधन



काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै चोभार सुक्खा बन्दरगाहसम्मै मालवस्तु ल्याउन पाईने व्यवस्था गरिदिएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै एकीकृत परिपत्र–२०७८ को संशोधनमा उक्त व्यवस्था गरिदिएको हो ।अब व्यवसायीले अन्तरराष्ट्रिय व्यापारका लागि चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय पनि तोक्न सक्नेछन् ।

laxmi

संशोधित परिपत्र अनुसार अन्तरराष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेको मालवस्तुको समेत प्रठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्
MBL