Logo

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर स्थापना हुने, बैंक र भन्सार विभागबीच सम्झौता

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर स्थापना हुने, बैंक र भन्सार विभागबीच सम्झौता



काठमाडौं । अब चोभारको सुख्खा बन्दरगाहमा नेपाल बैंकको काउन्टर रहने भएको छ । शुक्रबार एक कार्यक्रममा नेपाल बैंक र भन्सार विभागबीच नेपाल बैंकको बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

भन्सार विभागको तर्फबाट माहानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले मिति २०७८ चैत्र १७ गते भन्सार बिभाग त्रिपुरेश्वर काठमाण्डौमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्रमा भन्सार विभागको आवश्यकता अनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने छ । सो अवसरमा भन्सार विभागका माहानिर्देशक कमल प्रसाद भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखी सम्वन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाईमा पुर्याएको बिचार राख्दै नेपाल बैंक भरपर्दो आधुनिक प्रविधि मैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने बिश्वास व्यक्त गरे ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरुबाट संचालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भन्सार बिभाग प्रति आभार प्रकटगर्र्र्दैैै आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ् सेवा उपलब्ध गराउने अवसर प्राप्त हुनेनै छ भन्ने बिश्वास व्यक्त गरे । उक्त समारोहमा भन्सार बिभागका उपमहानिर्देशक लगायतका कर्मचारीहरु र नेपाल बैंकको तर्फबाट अपरेशन बिभाग प्रमुख र मार्केटिङ्ग एवं रिसर्च डिभिजन प्रमुख लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL