Logo

चोभार सुक्खा बन्दरगाह निजी कम्पनीको हातमा, ५ बर्ष चलाउने

चोभार सुक्खा बन्दरगाह निजी कम्पनीको हातमा, ५ बर्ष चलाउने



काठमाडौं । काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । सोमबार नेपाल इन्टरमोडल यातायात विकास समितिले निजी क्म्पनीलाई ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिलाई हस्तान्तरण गरेको हो । सोमबार यी दुई निकायबीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको छ ।

laxmi

कम्पनीले उक्त बन्दरगाह पाँच वर्षको लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी बन्दरगाह पाएको हो ।

समितिले गत ९ साउनमा टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालन अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL