Logo

एनबिआई र एभरेष्ट बैंकबीच सहकार्य, ‘अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम’बारे सम्झौतामा हस्ताक्षर

एनबिआई र एभरेष्ट बैंकबीच सहकार्य, ‘अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम’बारे सम्झौतामा हस्ताक्षर



काठमाडौं । एभरेष्ट बैंकले नेश्नल बैंकिङ इन्ष्टिच्युटसँग ‘अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम’ सफ्टवेयर लिने सम्झौतामा हस्ताक्षर गरेको छ । नेश्नल बैंकिङ इन्ष्टिच्युट र एभरेष्ट बैंकले २०७८ चैत ७ गते सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

laxmi

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेश्नल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता अनुसार नेश्नल बैंकिङ इन्ष्टिच्युटले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर एभरेष्ट बैंकलाई उपलब्ध गराउनेछ ।

बैंकका तथ्यांकहरूको आन्तरिक नोक्सानीहरूको सूचना उपलब्ध गराउन मद्दत गर्ने साथै बैंकमा हुन सक्ने महत्त्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न उक्त सफ्टवेयरले सहजीकरण गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL