Logo

ग्लोबल आइएमई बैंकको बागलुङको बलेवामा शाखा कार्यालय, शाखा संख्या २८९ वटा पुग्यो

ग्लोबल आइएमई बैंकको बागलुङको बलेवामा शाखा कार्यालय, शाखा संख्या २८९ वटा पुग्यो



काठमाडौँ । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९ औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको बैंकले जनाएको छ ।

laxmi

सोमबार बागलुङ नगरपालिका – १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुन् ।
यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरे ।

बैंकका अध्यक्ष ढकालले नारायस्थान शाखाले स्थानीय स्थानीय वासिन्दा, किसान तथा व्यवसायी लाभान्वित हुने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो बाणिज्य बैंक भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL