Logo

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा यसै हप्ता, बीओपी व्यवस्थापनमा केन्द्रित हुने

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा यसै हप्ता, बीओपी व्यवस्थापनमा केन्द्रित हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्थबार्षिक समीक्षा यसै हप्ता गर्ने भएको छ । हाल अर्धबार्षिक समीक्षाका लागि मस्यौदा तयार पर्ने काम भैरहेको र यो हप्ताको अन्तिममा सम्ममा ल्याइने नेपाल राष्ट्र बैंकले अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

laxmi

राष्ट्र बैंकले केही गतहप्ता मात्रै चालू आर्थिक बर्षको पहिलो ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको थियो । जसअनुसार शोधनान्तर स्थिति हालसम्मकै उच्च २ खर्ब ४१ अर्ब रुपैयाँले घाटामा रहेको छ भने विदेशी मुद्रा सञ्चितीमा पनि करिव १७ प्रतिशतले गिरावट आउँदा अब साढे ६ महिनाको बस्तु तथा सेवा मात्र आयात धान्ने अवस्था छ । सोहीअनुरुप अब आउने मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शोधनान्तर स्थितीमा देखिएको उच्च घाटा ब्यवस्थापनमा केन्द्रित हुने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

देशमा उच्च आयात हुँदा विदेशी मुद्रा संचितिमा गिरावट आउनुका साथै शोधनान्तर स्थिति घाटासमेत उच्च बढेको भन्दै राष्ट्र बैंकले यस अघिनै आयातमा दुईपटक कडाई गरिसकेको छ । जसअनुसार विभिन्न ४७ ओटा हार्मोनी (एचएस) कोड भएका बस्तु आयातमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

साथै पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप नआएको तथा आयात मात्र उच्च हुँदा त्यसले देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको निष्कर्षसहित मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा आयातलाई अझै कडाई गरिने राष्ट्र बैंक स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL