Logo

एनएमबी बैंकका सिइओ उपेन्द्र पौडेल बैंकर्स संघको अध्यक्षमा निविर्रोध

एनएमबी बैंकका सिइओ उपेन्द्र पौडेल बैंकर्स संघको अध्यक्षमा निविर्रोध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबी बैंकका प्रमूख कार्यकारी अधिकृत उपेन्द्र पौडेल निविर्रोध भएका छन । मंगलवारसम्म खुला नयाँ नेतृत्वको लागि भएको मनोनयन दर्ता अध्यक्ष पदको लागि पौडेलले मात्र मनोनयन दर्ता गरेका छन् । अध्यक्ष पदका लागि उनको मात्र उमेद्वारी परेकाले उनी निर्विरोध भएका हुन् ।

अध्यक्षलगायत अन्य पदाधिकारीको बिजय घोषण भने संघको शुक्रबार हुने साधारण सभाले घोषणा गर्ने छ । संघको उपाध्यक्षमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मनोनयन दर्ता गराएका छन् । हाल संघको अध्यक्ष सिटिजन्स इन्टरनेशनल बैंकका प्रमूख कार्यकारी अधिकृत राजनसिंह भण्डारी छन् ।

अध्यक्ष र उपाध्यक्षको कार्यकाल दुई बर्षको रहने छ । रिक्त एक उपाध्यक्षको पद भने कार्यकारिणी सभाले पुर्ती गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL