Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, टोखा नगरपालिकालाई पानि ट्यांकि प्रदान

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, टोखा नगरपालिकालाई पानि ट्यांकि प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंकको गोंगबु शाखाले टोखा नगरपालीका वडा ११ लाख पानीको ट्यांकी हस्तान्तरण गरेको छ । आईतबारबैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकि प्रदान गरेका हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा गोंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्यांकिहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL