GBIME

गरिमा विकास बैंकको ऋणपत्र आजदेखि निष्कासन, वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर


बिजखबर संवाददाता
2 December, 2021 10:55 am

Debenture

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बिहीवारदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” नामको ऋणपत्र निष्कासन गरेको हो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो ।

NLIC
LAXMI

कुल कित्ता ऋणपत्र मध्य ६० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट परिपत्र विधिमार्फत विक्री गर्नेछ । बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्तामध्य पनि ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ३ लाख ८० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री खुला गरेको हो । यो ऋणपत्र छिटोमा मंसिर २० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने पुस १ गतेसम्मको मिति बैंकले तय गरेको छ ।

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यस ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । बैंकले यो ऋणपत्र विक्रीका लागि कात्तिक १७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो ।

यस बैंकको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहेको छ । जारी पूँजी बराबरको रकम बैंकले चुक्ता गरिसकेको छ । बैंकमा संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब ३७ करोड ४३ लाख ३६ हजार रुपैयाँ चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL