Logo

माछापुच्छ्रे बैंकको ‘कार्डलेस विथड्रल सेवा’, कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने सेवा

माछापुच्छ्रे बैंकको ‘कार्डलेस विथड्रल सेवा’, कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल ‘कार्डलेस विथड्रल’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजिटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको छ ।

laxmi

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले एमबिएल कार्डलेस वीथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अपसनमा गई यस बैंकको एटिएमबाट नगद झिक्न सकिने बैंकले जनाएको छ ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL