Logo

माछापुच्छ्रे बैंकको नाफा ५६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

माछापुच्छ्रे बैंकको नाफा ५६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?



काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ५६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाखरुपैयाँ खुद नाफा कमाएको हो ।

laxmi

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २० करोड ६ लाख (५५.५९ प्रतिशत) ले बढी हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१ करोडले बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्चमा वृद्धि भएपछि सो बैंकको खुद ब्याज आम्दानी बढेको हो ।

यो पटक बैंकले इम्पेरिमेन्ट चार्जबापत ५ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यो शीर्षकमा झन्डै १२ करोड रुपैयाँ छुट्याएको थियो । इम्पेरिमेन्ट चार्ज घट्दा यसले नाफा वृद्धिमा सहयोग गरेको छ ।  यो त्रैमासमा बैंकको कर्मचारी खर्च र सञ्चालन खर्च दुवै बढेको छ । ह्रासकट्टितर्फको खर्च समेत यसपटक बढेको छ । 

कमिशन तथा शुल्कसम्बन्धी आम्दानीमा समेत झन्डै ९ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकले यो अवधिमा कमाएको कुल नाफामध्ये १ अर्ब ४५ करोड रुपैयाँ शेयरधनीलाई बाँड्न मिल्ने अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL