Logo

नबिल बैंकको नाफा १ अर्ब ११ करोड बढी, ब्याज आम्दानी ४२.४१ प्रतिशतले बढ्यो

नबिल बैंकको नाफा १ अर्ब ११ करोड बढी, ब्याज आम्दानी ४२.४१ प्रतिशतले बढ्यो



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा १ अर्ब बढी नाफा आर्जन गरेको छ । सोमबार बैंकले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

laxmi

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ७.३९ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ८५ करोड १९ लाख ८९ हजार रुपैयाँ रहेको छ । चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको असोज मसान्तमा १ अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा भने २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।

उक्त अवधिमा २ खर्ब २५ अर्ब ८८ करोड ४५ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ७ खर्ब ४३ करोड ७२ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा २० अर्ब ३९ करोड ३८ लाख ९३ हजार रुपैयाँ राखेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकको खराज कर्जा भने वृद्धि भएको छ । गत वर्षको असोज मसान्तमा ०.४८ प्रतिशत रहेको खराज कर्जा यस वर्षको सोही अवधिमा भने १.१३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.३१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL