Logo

सांग्रिला बैंकको १७ औं वार्षिकोत्सव सम्पन्न, १०० औं शाखा सञ्चालनमा

सांग्रिला बैंकको १७ औं वार्षिकोत्सव सम्पन्न, १०० औं शाखा सञ्चालनमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम समेत सम्पन्न गरेको छ ।

laxmi

वार्षिकोत्स कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रममा बैंककोतर्फबाट अध्यक्ष अच्युतप्रसाद प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले समेत मन्तव्य राखेका थिए ।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले सभाको समापन मन्तव्यपछि कार्यक्रम समापनको घोषण गरिएको थियो । बैंकले १७ औं वार्षिकोत्सवको अवसर पारेर सुर्खेतको यारीचोकमा १०० औं शाखा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL