Logo

रेमिटान्स आप्रबाहमा उच्च गिरावट आएसँगै शोधनान्तर घाटा बढ्यो, वैदेशिक लगानी पनि ६५ प्रतिशतले खुम्चियो

रेमिटान्स आप्रबाहमा उच्च गिरावट आएसँगै शोधनान्तर घाटा बढ्यो, वैदेशिक लगानी पनि ६५ प्रतिशतले खुम्चियो



काठमाडौं । देशमा भित्र्ने रेमिटान्समा उच्च गिरावट आएसँगै देशको शोधनान्तर स्थिती घाटामा गएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा गिरावट आउन थालेसँगै देशको शोधनान्तर स्थितीमा गिरावट आउन थालेको छ । देशमा भित्र्ने रेमिटान्समा गिरावट आउनुका साथै पछिल्लो समय देशको आयात व्यापार समेत बढेकाले शोधनान्तर स्थिती घाटामा गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

राष्ट्र बैंकको तथ्याङ्क अनुसार लामो समयपछि देशमा भित्र्ने रेमिटान्समा १८.१ प्रतिशतले गिरावट आउँदा चालू आर्थिक बर्ष २०७८।७९ को पहिलो महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ । पछिल्लो समय देशमा भित्र्ने रेमिटान्स वढिरहेको अवस्थामा चालू आबको पहिलो महिनामा भने उच्च गिरावट आएको तथ्याङकले देखाएको छ । तर गत आबको सोही अबधिमा भने रेमिटान्स आप्रबाह २३ प्रतिशतले वृद्धि भई एक महिनामै ९२ अर्ब रुपैयाँ भिभिएको थियो ।

यसैगरी सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले गिरावट आएको छ । गत आबको पहिलो महिनामा १ अर्ब ३९ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा चालू आबको सोही अबधिमा उच्च गिरावट आउँद ४८ करोड ६ लाख रुपैयाँमा सिमित भएको छ ।
यसैगरी आयात व्यापारमा वृद्धि र वैदेशिक मुद्रा आर्जनमा गिरावट आएसँगै शोधनान्तर स्थिति समेत ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा गएको छ । तर गत आबको सोही अबधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यसैगरी कुल विदेशी विनिमय सञ्चितिमा गिरावट आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL