Logo

मर्जरमा जाने बैंक वित्तीय संस्थालाई सुविधै सुविधा, कर्जा प्रवाह म्याद थपदेखि नगद मौज्दातको सीमा छुटसम्म

मर्जरमा जाने बैंक वित्तीय संस्थालाई सुविधै सुविधा, कर्जा प्रवाह म्याद थपदेखि नगद मौज्दातको सीमा छुटसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि विभिन्न छुट तथा सुविधाको प्याकेजै ल्याएको छ ।

laxmi

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/७९ भित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोवार संचालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त थप छुट तथा सुविधा प्राप्त गर्न सकिने बताएका हुन् ।

उनले यस्तो सुविधाहरु तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिनेसमेत बताए ।

यस्ता छन् छुट तथा सुविधाहरु :

  • तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।
  • एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
  • एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
  • यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने ।
  • संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।
  • यस बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने ।
  • एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने ।
  • एकीकृत कारोबार संचालनको क्रममा १ कि.मि. भित्रका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने ।
  • वाणिज्य बैकको ०.१० प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था गरिने ।

प्रतिक्रिया दिनुहोस्
MBL