GBIME

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, बेलहिया विद्यालयलाई पौने २ लाख आर्थिक सहयोग


बिजखबर संवाददाता
15 July, 2021 9:44 am

mahalaxmi bikash bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयलाई पौने २ लाख आर्थिक सयोग गरेको छ । संस्थाको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट भैरहवा शाखा अन्तर्गत उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

Bajaj
Nabil
Yamaha

उक्त रकम विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि आर्थिक सहयोग स्वरुप प्रदान गरिएको बैंकले जनाएको छ । बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई एक लाख ७५ हजार रकमको चेक हस्तान्तरण गरेका छन् ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom