Logo

नबिल बैंकको विशेष साधारणसभा, युनाइटेड फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित

नबिल बैंकको विशेष साधारणसभा, युनाइटेड फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित



काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । त बैंकको विशेष साधारणसभा वेबिनारमार्फ गरिएको थियो ।

laxmi

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः३५ लाई विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । अब युनाइटेड फाइनान्सका सेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । साथै, बैंकको शाखा सञ्जाल वृद्धि भई १४७ हुनेछ । एटीएमको संख्या भने १८९ हुनेछ ।

निक्षेपको अंक २१६ अर्ब हुनेछ भने कर्जाको अंक २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको अंक २ खर्बमाथि हुनेछ । यो प्राप्तिसँगै नबिल बैंक आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुने शाहले जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL