Logo

कृषिप्रधान देश नेपालमा चामल र तरकारीमा भारतको भर, एक महिनामै साढे ३ अर्बको चामल आयात हुँदा डेढअर्बको तरकारी भित्रियो

कृषिप्रधान देश नेपालमा चामल र तरकारीमा भारतको भर, एक महिनामै साढे ३ अर्बको चामल आयात हुँदा डेढअर्बको तरकारी भित्रियो



काठमाडौं । कृषिप्रधान देश नेपालमा उच्च आयात हुने बस्तुको सूचीमा खाद्यान्न तथा सरकारी रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्ष २०७७/७८ को साउन महिनामा नेपालमा बढी आयात हुने बस्तुको सूचीमा चामल तथा तरकारी रहेको छ । नेपालमा उच्च आयात हुने बस्तुको पाँचौं स्थानमा चामल रहेको छ भने १३ औं स्थानमा तरकारी रहेको छ ।

कोरोना पछिको लकडाउनका कारण अन्य मालसामान आयातमा गिरावट आएपनि खाद्यान्न तथा तरकारी आयातमा भने उच्च वृद्धि भएको छ । सरकारले कोरोनाका कारण देखाउँदै देशभित्रै उत्पादन भएको तरकारीलाई आन्तरिक रुपमै बजारमा बिक्री वितण गर्न रोक लगाउदा भारतबाट हुने तरकारी तथा फलफुल आयात उच्च रुपमा बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

तथ्याङ्क अनुसार चालू आबको साउन महिनामा तरकारी आयात २७ प्रतिशतले बढ्दै १ अर्ब ४५ करोड रुपैयाँको भित्रिएको छ । ‘कोरोनाका कारण देखाउँदै नेपाली कृषकको खेतबारीमा फलेको तरकारी टिपेर बजारसम्म पुर्याउन रोक लगाईयो,’ एक व्यापारीले भने, ‘तर भारतबाट भने सहजरुपमा आउन दिँदा तरकारी आयात ह्वात्तै बढेको हो ।’ पछिल्लो समय नेपाली कृषककै खेतबारीमा प्रशस्तमात्रामा तरकारी भएपनि स्थानीय सरकारकाले कोरोना सर्नेभन्दै तरकारी ओसारपसामा रोक लगाउँदा आफुहरु भारतबाट आयात गरिएको तरकारी बिक्री गर्न बाध्य भएको एक व्यापारीले बताए ।

यसैगरी सो अबधिमा चामल आयात पनि उच्च रुपमा बढेको छ । चालू आबको साउन महिनामा चालम आयात ११० प्रतिशतले बढ्दै ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँको भित्रिएको छ । जबकि गत आबको सोही अबधिमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको मात्र चामल भित्रएिको थियो ।

पछिल्लो समय सरकारले देशमा कृषि उत्पादन बढाउन सहुलियत पूर्ण कर्जा प्रदान गरेर विभिन्न खालको सहयोग गर्दै आएपनि उक्त सहयोग वास्तविक किसानभन्दा विचौलियाको हातमा पुग्दा नेपालले कृषि उत्पादनमा आत्मनिर्भर उन्मुख हुन नसकेको सम्बद्ध कृषकहरु बताउँछन् । ‘अहिले वास्तविक कृषिभन्दा पनि कागजमा कृषि फर्म दर्ता गरेर अनुदान वा सहुलियतपूर्ण कर्जा लिनेको विगविगी छ,’ एक कृषकले भने, ‘वास्तविक कृषिक कृषि खेतीका सहुलियतपूर्ण कर्जा लिन गयो भने विभिन्न प्रक्रिया अपनाउँदैमा थाक्छन, तर कागजी राम्रो डकुमेन्ड बनाउने विचौलियाहरुले भने सहज रुपमा त्यस्ता कर्जा पाईरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL