Logo

ब्राइटको २१ औं स्थापना दिवश, कोभिड उपचारमा खटिने एम्बुलेन्स चालकसहित ६ स्वास्थ्यकर्मी नगद सहित सम्मानित

ब्राइटको २१ औं स्थापना दिवश, कोभिड उपचारमा खटिने एम्बुलेन्स चालकसहित ६ स्वास्थ्यकर्मी नगद सहित सम्मानित



काठमाडौं । ब्राइट बचत तथा ऋण सहकारी सहाकारी संस्थाले कोभिड—१९ को महामारीमा अग्रपङ्तीमा रहेर कोरोना संक्रमित बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान गर्ने एम्बुलेन्स चालकसहित आधा दर्जन चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ ।

laxmi

संस्थाले आफ्नो २१ औ स्थापना दिवसमा विशेष कार्यक्रमकाबीच स्वास्थ्यकर्मीहरुलाई कदरपत्र र नगद सहित सम्ममान गरेको हो । अहिलको अहम् चुतौतिपूर्ण अवस्थामा महत्वपूर्ण जिम्मेवारीमा रही बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याई अथक समर्पण र मेहनतबाट मानवीय जीवन रक्षार्थ मुलुकले प्राप्त गरेका योगदानको उच्च मूल्यांकन उनीहरुलाई जनही २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

यसरी सम्मानित हुनेहरुमा कोरोना उपचारमा सकृय रहनु भएका, कोरोना उपचार गर्दागर्दै आफै कोरोना संक्रमण हुनुभएका स्वास्थकर्मी तथा यसबारेमा आम जनमानसमा आफ्ना खोज तथा अनुसन्धानमुलक लेख प्रकाशित गरि स्वास्थ सचेतना अपनाउन सकृय चितिकिसक समेत रहेकाछन ।

जसमा शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा. अनुप बास्तोला, शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट परमानन्द भण्डारी, काठमाडौं मेडिकल कलेजका इन्टर्न डा. उज्वल न्यौपाने, नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स प्रिया प्रजापति, धुलिखेल अस्पतालकी नर्स कृष्णमाया रम्तेल र पाटन अस्पतालका एम्बुलेन्स चालक दिपकप्रसाद दाहाल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी सहकारीविद् केशव वडाल, विशिस्ट अतिथिती स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, अतिथी रास्ट्रिय सहकारी महासंघका संचालक डि.बि. बस्नेत, केम्शनका अध्यक्ष सुरेश घिमिरे उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी तथा अन्य वक्ताहरुले कोभिडको अग्रपंक्तिमा क्रियाशिल चिकित्सकको बारेमा कतै कतै देखीएको अशोभनीय ब्यबहारलाई चिर्न र उनीहरुको मनोबल उच्च राख्न महत्वपुर्ण योगदान रहने बताएका थिए । ‘यस्तो महत्वपुर्ण र दुरगामी सकारात्मक सन्देश दिने यस्ता कार्यक्रमको आयोजना गरेर आज ब्राइट सहकारीले दिन खोजेको सन्देशले स्वास्थ्यकर्मीको मनोबल उच्च मात्र नभई हामीप्रतीको सम्मान सबै देशभरका स्वास्थकर्मीप्रतीको सम्मान हो भन्ने हामीले बुझेका छौ,’ कार्यक्रममा स्वास्थ मन्त्रालयका पक्ता डा. जागेश्वर गौतमले भने ।

यसैगरी ब्राइट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामइन्द्र न्यौपानले संस्थाले गरेको यो सम्मानले आगामी दिनमा मानव सेवामा कटिवद्ध भई देश र जनताको सर्वोपरी हितलाई आ—आफ्नो जिम्मेवारी बोध गरी कार्य क्षेत्रमा कुशलतापूर्वक लागिरहन प्रेरणा मिल्ने अपेक्षा गरेको बताए । कार्यक्रममा संस्थाका प्रमुख लक्ष्मण न्यौपानेले अग्रपंङ्तीमा जोखिम मोलेर कोभिड—१९ बिरामीहरुको सेवामा जुट्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलगायत अन्य व्यक्तिहरुको सु—स्वास्थ्य, दीर्घजीवन एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै भोलि दिनमा समेत स्वास्थकर्मीसंग नजिक रहेर निरन्तर कोभोड १९ बिरुद्द सहयोग जुटाइरहने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL