काठमाडौं । राष्ट्रिय सहकारी प्राधिकरणले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणका लागि अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि सिफासिर गर्न गठित समितिले आइतबार दरखास्त आह्वान गरेको हो ।
समितिका अनुसार अध्यक्ष र विज्ञ सदस्यका लागि इच्छुकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
