Logo

सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिने, ऋण अशुली न्यायाधीकरण स्थापना

सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिने, ऋण अशुली न्यायाधीकरण स्थापना



काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता हुने भएको छ । शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण कोष खडा गरिने घोषणा गरेका हुन् ।

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने घोषणा पनि राष्ट्रपति पौडेलले गरे । सहकारी ऋण अशुली न्यायाधीकरण स्थापना गरिने घोषणा पनि उनले गरेका छन् । सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्