Logo

पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता

पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता



काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ।

समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सबै ऋणीहरूलाई तोकिएको समयसीमा भित्र ऋण भुक्तानी गर्न अनुरोध गरेको हो।

सूचनामा उल्लेख भएअनुसार ती सहकारी संस्थाहरू समस्याग्रस्त घोषणा हुनुअघि लिएको ऋण भुक्तानी गर्नुपर्नेछ। समितिले भदौ मसान्तसम्म ऋण नतिरेमा साँवा, ब्याज र हर्जानासहित असुल गर्ने तथा कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्