Logo

होल्याण्डका ट्याक्टर नेपाली बजारमा, सातदोबाटोमा नयाँ शोरुम र कर्पोरेट अफिस

होल्याण्डका ट्याक्टर नेपाली बजारमा, सातदोबाटोमा नयाँ शोरुम र कर्पोरेट अफिस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । न्यू हल्याण्ड एग्रीकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्रियाएको छ । पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ नेपाली बजारमा भित्रिएको उक्त ट्याक्टरले बुटवललाई आधार क्षेत्र बनाएर कारोबार सुरु गरेको हो ।

उक्त ट्याक्टरलाई भुसाल ग्रूपले नेपाली बजारमा भित्र्याएको हो । सो ग्रूपले बुधबार ललितपुर सातदोवाटोमा ट्रयाक्टर सप्लायर्सको सोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको छ । नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका टयांक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ ।

नयाँ प्रविधिको डिजल कम खपत केस ब्राण्डका टयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक विक्रेता भूसाल टयाक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए । टर्कीको प्रविधिमा निर्माण गरिएका टयाक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ ।

बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका टयाक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले कम्पनीको दावी छ । साथै न्यू हल्याण्डले नेपाली बजारमा ३० प्रतिशत हिस्सा लिने कम्पनीको दावी छ ।

तीन वर्षे वारेन्टी र सातवर्षे निशुल्क सर्भिसिङको व्यवस्थाका कारण पनि यसप्रति उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास रहेको छ । पार्टसको विक्री वितरण भने रामकृष्ण टे«ड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ । भूसाल टयाक्टर सप्लायर्सले २ सय ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL