Logo

वायुसेवा संचालक संघले बढायो हवाई भाडा, यस्तो छ शनिबारदेखि लागु हुने नयाँ भाडादर

वायुसेवा संचालक संघले बढायो हवाई भाडा, यस्तो छ शनिबारदेखि लागु हुने नयाँ भाडादर



काठमाडौं । नेपाल वायुसेवा संचालक संघले फागुन ८ गते शनिबारदेखि लागू हुने गरी हवाई भाडा बढाएको छ । आयल निगमले फागुन ४ गते राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाउने निर्णय गरेसँगै संघले पनि हवाई भाडाको मूल्य बढाएको हो ।

संघका अनुसार स्वचालित मूल्यअनुसार हवाई ईन्धनको मूल्य बढेको छ । तर यसको असर हवाई उडानको भाडामा पनि पर्ने भएकाले प्रत्येक रुटमा ईन्घनको चार्ज बढेपछि भाडा पनि बढेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

उनका अनुसार हवाई इन्धनको मूल्य बढेसँगै यसले भाडामा स्वतः असर पार्ने भएपछि इन्धनको मूल्य बढेको ४८ घण्टापछि हवाई भाडा पनि घटबढ हुनेगर्दछ । यो विषयमा नागरिक उडड्यन प्राधिकरणबाट स्वीकृत समेत लिएको संघले जानकारी दिएको छ । संघले हवाई भाडामा फ्युल चार्ज न्यूनतम १५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बढाएको छ ।

यस्तो छ संघले बढाएको नयाँ भाडादर :

प्रतिक्रिया दिनुहोस्
MBL