Logo

पर्वतारोहण संघ ४३औं बर्षमा, भूकम्पपछिको पर्यटन प्रवद्दर्नलाई जोड दिइने

पर्वतारोहण संघ ४३औं बर्षमा, भूकम्पपछिको पर्यटन प्रवद्दर्नलाई जोड दिइने


बिजखबर संवाददाता
27
Shares

नेपाल पर्वतारोहण संघ स्थापनाको ४३ बर्षमा प्रवेश गरेको छ । सोमवार एक कार्यक्रम बीच संघले आफ्नो ४२ औं बार्षिकउत्सव मनाएको छ।

नागपोखरीस्थित सङ्घको कार्यालय परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की तथा आरोहीलगायतको सहभागीत रहेको थियो ।

सो अवसरमा संघले हरेक वर्ष प्रदान गर्दै आएका तीन बिधाका पुरस्कार घोषणा गरेको छ । ती पुरस्कारहरु क्रमशः कुमार खड्गबिक्रम साहसिक पुरस्कार पर्वतारोहण प्रशिक्षक छिरिङ वाङ्दे भोटेलाई, डा हर्क गुरुङ अनुसन्धान पुरस्कार ग्रामीण सञ्चारप्रविधि विज्ञ महावीर पुन र नावानुर्बु शेर्पा पत्रकारिता पुरस्कार पत्रकार नारायण भण्डारीलाई प्रदान गरिने बताइएको छ ।

उक्त पुरस्कारमा प्रत्येकलाई एक तोला सुन र दुई तोला चाँदीसहितको तक्मा दिने बताइएको छ । सोही अवसरमा पर्यटन सचिव थपलियाले सङ्घको झण्डोत्तोलन गर्दै भूकम्पपछिको पर्यटन पवद्र्धनका लागि सबै व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL