Logo

कतार एयरवेजद्वारा दक्षिण अमेरिकी नेटवर्क विस्तार, साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा

कतार एयरवेजद्वारा दक्षिण अमेरिकी नेटवर्क विस्तार, साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा



काठमाडौं । कतार एयरवेजले लाटाम एयरलाइन्स ब्राजिल कोडशेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा वृद्धि गर्दै साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा गरेको छ ।

laxmi

यसले दुवै एयरलाइनका यात्रुहरुलाई एसिया, मध्य एसिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पु¥याउने छ । यस नयाँ कोडशेयर सम्झौताले दुवै एयरलाइन्सको २०१६ मा पहिलो पटक सुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्नेेछ ।

यस विस्तारित सम्झौताले कतार एयरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एयरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी यस दक्षिण अमेरिकी वाहकको नेट्वर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग जोड्ने छ जसमा ब्राजिलिया, क्युरिटिबा, पोर्टो भेल्हो, रियो ब्रान्को, रियो दे जेनेरियो, साओ होसे, लिमा (पेरु), मोन्टेभिडियो (उरुग्वे) तथा सेन्टियागो–चिली) पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL