Logo

टानको अध्यक्षमा चन्द्र रिजाल निर्वाचित, अघिकांश पदमा रिजाल समुह

टानको अध्यक्षमा चन्द्र रिजाल निर्वाचित, अघिकांश पदमा रिजाल समुह


बिजखबर संवाददाता
27
Shares

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा चन्द्रप्रसाद रिजाल निवाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी सागर पाण्डेलाई ७९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

रिजाल खसेको कुल मतमध्ये ४ सय ११ पाएर विजयी भएका हुन् । उनीसँग पराजित पाण्डेले भने ३ सय ३२ मत प्राप्त गरेका थिए । पदाधिकारी र सदस्य गरी १७ पदमा भएको निर्वाचममा अधिकांश पद रिजाल समुहले जितेको छ ।

टानमा ८ पदाधिकारी र ९ सदस्यका लागि मतदान भएको थियो । जसमा रिजाल समुहले प्रथम उपाध्यक्ष र कोषाध्यक्ष बाहेक सबै पदमा जितेको छ । यसैगरी ९ जना कार्यसमिति सदस्यमध्ये ८ जना रिजाल समुहले नै जितेको छ ।

टानका वरिष्ठ उपाध्यक्षमा टासी लाक्पा शेर्पा निर्वाचितभएका छन् । उनले ४ सय ४ मत पाएका थिए भिने उनका प्रतिद्वन्द्वी निमा शेर्पाले ३ सय ३१ मत पाएका थिए । प्रथम उपाध्यक्षमा पाण्डे समूहका विद्या हिराचन विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा विजयी भएका छन् । उनले ४ सय ३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी ऋषिप्रसाद नेपालले ३ सय ३५ मत पाएका छन् ।

महासचिवमा पनि रिजाल समुहकै कर्णबहादुर लामा विजयी भए । उनले ४ सय १२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी पासाङ शेर्पाले ३ सय २७ मत पाए । सचिवमा मुक्ति पाण्डेले ४ सय ४ मत ल्याएर विजयी भएका छन् ।

कोषाध्यक्षमा लीलावल्लभ दाहाल विजयी भए । उनले ३ सय ८५ मत पाएका छन् भने सह कोषाध्यक्ष कृष्णमान श्रेष्ठले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा रिजाल समूहबाट रुद्रजंग अधिकारी, तारानाथ लामिछाने, देवी पाण्डे, डम्बरबहादुर अधिकारी, वासुदेव लम्साल, सरिता लामा, ङावाङिमा शेर्पा र वाङ्छु शेर्पा विजयी भए । पाण्डे समूहबाट भने पेम्बा शेर्पाले जितेकी छिन् ।

टानमा १ हजार मतदाता रहेको थियो । जसमध्ये ७ सय ६२ मत मात्रै खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This