Logo

पर्यटन मन्त्रीको मौखिक निर्देशन लत्याउँदै निगमका कर्मचारी आन्दोलित, माग पुरा नभए सबै काम ठप्प पार्ने चेतावनी

पर्यटन मन्त्रीको मौखिक निर्देशन लत्याउँदै निगमका कर्मचारी आन्दोलित, माग पुरा नभए सबै काम ठप्प पार्ने चेतावनी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाईन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिने निर्णय गरेपछि नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल वायुसेवा निगम कर्मचारी संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

laxmi

असोज ४ गते प्राधिरकरणको बैठकले विदेशी लगानीको हिमालय एयरलाईन्सलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने निर्णय गरेको थियो । त्यसैको विरोधमा निमका कर्मचारीले एक विज्ञप्तीसमेत जारी गरेका थिए ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले तत्काल हिमालय एयरलाईन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति नदिन प्राधिकरणलाई मौखिक निर्देशनसमेत दिईसकेका छन् ।

यसरी कुनै औपचारिक रुपमै हिमालय एयरलाईन्सलाई दिईने अनुमति रद्ध गर्ने निर्णय नभएकाले निगमका कर्मचारीहरुले आन्दोलनका घोषणा गरेका हुन् । निगमका कर्मचारीहरुले मन्त्रीको ठाडै निर्देशनमा अनुमति दिएको र सो कार्य राष्ट्र र राष्ट्र्यि हित विपरित भएको भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

कर्मचारीहरुले घोषणा गरेको आन्दोलनअनुसार पहिलो दिन आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरिने छ भने दोस्रो दिन मंगलबार कर्मचारीले कालो पट्टी बाँधेर काम गर्ने घोषणा गरेका छ्न । यस्तै तेस्रो दिन बुधबार कर्मचारीहरुले संचालक समिति, कार्यकारी अध्यक्ष र नायव महाप्रवन्धकको कार्यकक्ष नै घेराउ गर्ने घोषणा गरेका छन् ।

यस्तै कर्मैचारीहरुले बिहीबार विभागिय प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने कार्यतालिका बनाएका छन् भने शुक्रबार आन्दोलनका समिक्षा गरिनेछ । यस्तै १८ गतेसम्म पनि माग पुरा नभएमा सबै कामहरु ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL