Logo

आन्तरिक उडान आजबाट खुला, यात्रु दुई घण्टाअगाडि नै एयरपोर्ट पुग्नुपर्ने

आन्तरिक उडान आजबाट खुला, यात्रु दुई घण्टाअगाडि नै एयरपोर्ट पुग्नुपर्ने



काठमाडौं । कोरोना महामारीसँगै बन्द गरिएको आन्तरिक हवाई उडान करिब ६ महिनापछि आजबाट खुला भएको छ । चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो।

सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आज पहिलो दिन देशैभर ३६ देखि ४० वटा उडान हुने भएको छ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ। अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL