Logo

परिसंघले भन्यो कोरोनाले पर्यटन क्षेत्र धराशायी भयो, विशेष प्याकेज ल्याउन पर्यटन मन्त्री समक्ष माग

परिसंघले भन्यो कोरोनाले पर्यटन क्षेत्र धराशायी भयो, विशेष प्याकेज ल्याउन पर्यटन मन्त्री समक्ष माग



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईसमक्ष पर्यटन क्षेत्र उकास्न विशेष व्यवस्था गर्न माग गरेको छ । शुक्रबार परिसंघका पदाधिकारीहरुले पर्यटन मन्त्री भट्राईलाई उनकै कार्यकक्षमा भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल गरेका हुन् ।

laxmi

परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति थियो । छलफलमा वर्तमान अवस्थामा पर्यटन क्षेत्र धरासायी बन्दै गएकोले यसलाई संकटबाट उठाउनको लागि सरकारले विशेष व्यवस्थाहरु गर्नु पर्ने धारणा परिसंघले राखेको थियो ।

अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने र होटलहरुलाई गुणस्तर र सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरी क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि प्रोत्साहन गर्नु पर्ने धारणा परिसंघले राखेको थियो ।

त्यसैगरी उड्डयन क्षेत्र विगत ६ महिनादेखि नराम्ररी प्रभावित भएकोले यसमा आवद्ध लगानी कर्ताहरु निरास भइरहेका छन् । रोजगारीको ठूलो हिस्सा ओगटेको उड्डयन क्षेत्रमा देखिएको अन्योलता र सो क्षेत्रका जायज मागहरुलाई सरकारले अविलम्ब सम्बोधन गर्नु पर्ने माग परिसंघले राखेको छ ।
हाल उड्डयनमा सरकारले तोकेको यात्रु संख्या र सो यात्रु संख्याको आधारमा तोकिएको भाडादर समय सापेक्ष र व्यवहारिक नभएकोले यसलाई पुनरविचार गरी पुनः दर निर्धाण गर्न मन्त्री समक्ष अनुरोध गरेकोछ ।

साथै विदेशबाट आउने पर्यटकलाई हाल चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने सम्बन्धमा छलफल भएको परिसंघले जानकारी दिएको छ । पर्यटन तथा उड्डयन व्यवसाय र यसमा आवद्ध कर्मचारी तथा मजदुरहरु नराम्ररी प्रभावित भएकोले यसलाई गम्भिरतापूर्वक लिनको लागि परिसंघले मन्त्री समक्षा अनुरोध गरेको छ ।

पर्यटन तथा उड्डयन क्षेत्रले व्यहोर्नु परेका समस्याहरुमा केन्द्रित भई परिसंघले आगामी आइतवार पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग वेभनारको आयोजना समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL