Logo

बुद्ध एयरको उडान परिक्षण, भदौ १ गतेदेखि उडान गर्ने तयारी

बुद्ध एयरको उडान परिक्षण, भदौ १ गतेदेखि उडान गर्ने तयारी



काठमाडौं । बुद्ध एयरले भदौ १ गते आन्तरिक तथा बाह्य उडान खुला भएमा सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाज उडाउने गरी परिक्षण उडान गरेको छ । कम्पनीले काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाजबाट दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको जानकारी दिएको छ।

यसअघि बुद्ध एरले एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो। चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्धले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ।

नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ। औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्छ।

भदौ १ बाट हुने उडानका लागि बुद्धले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ। यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड स्यानिटाइज, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान राखेको छ। यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL