Logo

अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणले लियो गति, काठमाडौं र हेटौंडाका ६० कामदारमार्फत काम सुरु

अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणले लियो गति, काठमाडौं र हेटौंडाका ६० कामदारमार्फत काम सुरु



काठमाडौं । विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाइरसका कारण सुस्ताएको अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको काम पुन सुरु भएको छ । सामाजिक दुरी, सेनिटाइजरको प्रयोगलगायतका आवश्यक स्वास्थ्य सावाधानी निर्देशिकाको पालना गर्दै निर्माण कार्यलाई तीव्रता दिन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट कामदार ल्याई पुन काम सुरु गरिएको हो ।

laxmi

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ५ हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मै सम्पन्न गर्नेगरि ०७४ चैत ६ मा सम्झौता भएपनि शिलन्यास बुद्धजयन्तीको अवसरमा पार्दा केहि महिना पछि धकेलिएको थियो । कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको छ । ‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित वन्यो, पहिलो चरणको लागतसमेत घटेको लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राइले जानकारी दिएका छन ।

उनले भने, ‘फल्ससिलिङलगायतका केहि निर्माण सामाग्री चीनवाट ल्याउनु पर्ने छ, ती सामाग्रीले अड्काउने बाहेकको काम अब चाडै पुरा हुन्छ ।’ उनका अनुसार पहिलोृ चरणको निर्माण लागत करिब १० करोड घटेर २८ करोड १३ लाख रुपैयाँमा झरेकोे छ । पहिलो चरणको ८५ प्रतिशत काम सकिएको छ । उनले भने, ‘कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटौडा र काठमाडौंबाट कामदार ल्याएर काम पुन काम शुरु गरेका छौं ।’ छाना तथा वाथरुममा मार्वल हाल्नेलगायतका अलग अलग क्लष्टरमा गरेर कोभिडविरुद्धको स्वास्थ्य निर्देशकाको पूर्ण पालनाका साथ करिव ६० जना कामदारले अहिले काम गरिरहेका छन् ।

पहिलो चरणको काम सकिए पछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, वाहिर पानीको फोहोरालगायतका काम दोस्रो चरणमा पर्ने उनको भनाई छ । सन् २०१६ को अन्तरराष्ट्रिय वौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक प्रकृया शुरु गरेर सभाहल निर्माण थालिएको हो ।

सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिम मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने छ । हजारौ मान्छे एकैचोटी ध्यान गर्न मिल्ने मात्र नभएर ठूला अन्तरराष्ट्रियस्तरका सभा सम्मेलन गर्न पनि उपयुक्त हुने कोषका सदस्य सचिव राइले बताए । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो ।

यसको डिजाईन शान्तिको प्रतीक अथवा पोजेटिभ भाईब्रेशनको प्रतिकको चीनोको रुपमा बनाईएको छ । यसको अर्थ ‘ध्यानको बेला हामी अन्धाकार देख्दछौ र त्यसमा हामी उज्यालोको ज्योति खोज्दछौ’ । यस अन्तरराष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ ईलिभेसन इलिप्टिकल आकारमा डिजाईन गरिएको छ । सो हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि १ बर्ग मिटरको क्षेत्रफल राखिएको छ ।

जसमा एउटा व्लकमा चारजना मानिस बस्ने व्यबस्था मिलाइएको छ । आवत जावतका लागि २ मिटर चौडाई भएको ठाउबाट भित्र–बाहिर गर्ने व्यबस्था मिलाईएको छ भने फ्लोरमा सेतो रंगको माजाईक र ४ ईन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ । सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सुन्न सकिने तरिकाले अत्याधुनिक स्पीकरको व्यबस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाईटको व्यबस्थासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL