Logo

स्वास्थ्य उपकरण लिन चीन उड्यो हिमालय एयरलाईन्स, शनिबार काठमाडौं आईपुग्ने

स्वास्थ्य उपकरण लिन चीन उड्यो हिमालय एयरलाईन्स, शनिबार काठमाडौं आईपुग्ने



काठमाडौं । हिमालय एयरलाईन्सको जहाज ३२०(२१४ ९ एन एएलडब्लु चीनको छोङ्छिङ् जियाङ्गबे अन्तररराष्ट्रिय विमानस्थलको लागि उडान गरेको छ ।

laxmi

कम्पनीले कोरोना भाईरस विरुद्धका स्वास्थ्य सामग्री लिन आज साँझ चीनको छोङ्छिङ्को लागि उडान गरेको हो । त्यस्तै कम्पनीले शनिबारसमेत कार्गो उडान गर्ने तयारी गरेको छ । कम्पनीले यस अघि चीनको ग्वान्झाउ र चाङ्शामा ४ कार्गो उडान गरिसकेको छ । तेस्रो शहरको रुपमा कम्पनीले ५ औं कार्गो उडानलाई छोङ्छिङ केन्द्रित गरेर शुक्रबार उडान गरेको हो ।

उक्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामाग्री ल्याउनेछ । शुक्रबार र शनिबार हुने दुईटै उडानमा कोरोना विरुद्धको औषधि रहेको कम्पनीले जानकारी दिएको छ । बेइजिङ्गमा नियमित यात्रु उडान संचालन पछि कम्पनीले २३ जनवरी २०२० मा छोङछिङलाई चीनको पाचौँ गन्तव्य बनाई प्रति हप्ता एक सिधा उडानमार्फत नियमित हवाई उडान गर्दै आईरहेको छ ।

शुक्रबार चीनको छोङछिङलाइ उडान भेरको उक्त जहाज शनिबार साढे ६ बजे काठमाडौं विमानस्थलमा अवतरण हुनेछ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘छोङछिङ नियमित उडान गर्दै आए पनि कोरोनाका कारण केही समय स्थगित भए पनि हामी छिट्टै ति शहरमा जोडिने छौं ।’ कम्पनीले अत्यावश्यक आपूर्ति प्रणालीलाई कायम राख्न र राष्ट्रको बढ्दो आवश्यकताहरुलाई पूरा गर्र्ने कार्यका लागि तथा सबै सरोकारवालाहरुलाई सहयोग पुर्याउन प्रतिबद्घ रहेको समेत जानकारी दिएको छ ।

उक्त उडानमा सरकारको निर्देशन अनुरुप पालना गनुपर्ने आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अबलम्बन गरी काठमाडौं विमानस्थलबाट उडान भरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL