Logo

अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको धरौटी रकम घट्यो, धरौटीलाई बैंक ग्यारेन्टीमा प्रयोग गर्न सकिने

अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको धरौटी रकम घट्यो, धरौटीलाई बैंक ग्यारेन्टीमा प्रयोग गर्न सकिने


राङडोल लामा
270
Shares

काठमाडौं । सरकारले अन्तरराष्ट्रिय उडानका लागि राख्नुपर्ने नगद धरौटी रकÞममा छुट दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय उडानका लागि राख्नुपर्ने नगद धरौटी दुइ करोडबाट घटाएर एक करोड़ रुपैयाँ कायम गरिएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिमा उक्त धरौटी एक बर्षसम्मको लागि बैंक ग्यारेन्टीमासमेत राख्न सकिने व्यवस्था गरिएको छ । यसले गर्दा वायुसेवा कम्पनीको लागत कम गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास रहेको छ ।

अहिले नेपालबाट नेपाली वायुसेवा कम्पनीका रुपमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स र बुद्ध एयरले अन्तरराष्ट्रिय उडान गरिरहेका छन । सरकारले हालै मात्र आन्तरिक वायुसेवा प्रदान गरिरहेका कम्पनीलाई अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि इजाजतपत्र खुला गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयकोे यही बैशाख १५ गतेको मन्त्रीस्तरीय निर्णयले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो । अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम शर्त पूरा गरेका कम्पनीलाई इजाजतपत्र उपलब्ध गराउने गरी निर्णय गरिएको छ ।

मन्त्रालयका अनुसार इजाजतपत्र प्राप्त गर्न शर्त पूरा गरेका कम्पनीले बैशाख १५ गतेदेखि गणना हुने गरी ४५ दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्नेछ । कम्तिमा पाँच ओटा विमान सञ्चालनको अनुभव हुनुपर्ने, धरौटी, इजाजत दस्तुर र रोयल्टीबापतको रकम तथा अन्य शूल्क कार्यविधिबमोजिम हुने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्