Logo

१६ जना यात्रु लिएर ढाका उड्यो बुद्ध एयर, ३ बजे बैंकक उड्दै थाईलाईन

१६ जना यात्रु लिएर ढाका उड्यो बुद्ध एयर, ३ बजे बैंकक उड्दै थाईलाईन



काठमाडौं । बुद्ध एयरको जहाजले १६ जना बंगलादेशी नागरिक लिएर काठमाडौंबाट उडान गरेको छ ।

कोरोना भाईरसको महामारी पछि नेपालमै फसेका नागरि लैजान बंगलादेशी दूतावासले बुद्ध एयरको जहाज चार्टड गरेको हो । लकडाउन सुरु भएयता बंगलादेशको ढाकाका लागि उडान गरेको कम्पनीको यो तेस्रो उडान हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाईलायन एयरको जहाजले अजै दिउँसो ३ बजे बैंकक काठमाडौं बैंकक उडान गर्नेछन । बुद्ध एयरले १६ जना यात्रु लगे पनि थाईलाईनले कति संख्यामा लैजाने भन्ने एकिन नभएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL