Logo

आन्तरिक वायुसेवालाई अन्तरराष्ट्रिय उडानको ‘लाइसेन्स’ खुला, तीन जहाज र एक अर्ब चुक्ता पुँजी हुनुपर्ने

आन्तरिक वायुसेवालाई अन्तरराष्ट्रिय उडानको ‘लाइसेन्स’ खुला, तीन जहाज र एक अर्ब चुक्ता पुँजी हुनुपर्ने



काडमाडौं । सरकारले आन्तरिक वायुसेवा प्रदान गरिरहेका कम्पनीलाई अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि इजाजतपत्र खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्तरिय यहिं बैशाख १५ गतेको निर्णयले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत पत्र प्रदान गर्ने सम्बन्धी कार्यविधि , २०७५ मा भएको व्यवस्था बमोजिम शर्त पुरा गरेका कम्पनीलाई इजाजत पत्र उपलब्ध गराउने गरी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इजाजत पत्र प्राप्त गर्न शर्त पुरा गरेका कम्पनीले बैशाख १५ गतेदेखि गणना हुने गरी ४५ दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्नेछ ।

आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तरराष्ट्रिय वायुसेवाको रुपमा तीन ओटा विमानबाट उडान गर्न क वर्गको वायुसेवाका लागि एक अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने शर्त तोकिएको छ । त्यस्तै ख वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ग वर्गको वायुसेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ ।

तीन ओटाभन्दा बढी विमानबाट अन्तरराष्ट्रिय उडानका लागि प्रत्येक थप वायुयानका लागि चुक्ता पुँजीमा १० करोड रुपैयाँ थप्नुपर्नेछ ।

अन्तरराष्ट्रिय वायुसेवामा स्तरोन्नति हुन पाँच वर्ष नियमित रुपमा उडान सञ्चालन गरिरहेको हुनुपर्ने योग्यता तोकिएको छ । कम्तिमा पाँच ओटा विमान सञ्चालनको अनुभव हुनुपर्नेछ । धरौटि, इजाजत दस्तुर र रोयल्टी बापतको रकम तथा अन्य शूल्क कार्यविधि बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तोकेका शर्त र योग्यता अनुसार तत्कालका लागि बुद्ध र यति एयरलाइन्समात्र योग्ग देखिन्छन् । बुद्धले भारतको बनारसमा अन्तरराष्ट्रिय उडान भने गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL