Logo

पर्यटन क्षेत्र सुधारका लागि चेम्बरको १८ बुँदे सुझाव, पर्यटन पुनरुत्थान संयन्त्र बनाउन माग

पर्यटन क्षेत्र सुधारका लागि चेम्बरको १८ बुँदे सुझाव, पर्यटन पुनरुत्थान संयन्त्र बनाउन माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण पर्यटन उद्योगमा असर पारेको भन्दै राहतका प्याकेज ल्याउन सरकारसँग आग्रह गरेको हो । चेम्बरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई १८ बुँदे सुझाव पेश गर्दै पर्यटन तथा हवाई क्षेत्र सुधारका लागि राहतका प्याकेज ल्याउन माग गरेको हो ।

चेम्बरले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सरकारले अनिवार्य रुपमावर्षको एक पटक निजामती तथा संगठित संस्थाकाकर्मचारीहरु र आमनागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको प्याकेज ल्याउनु माग गरेको छ ।

यसैगरुी नेपाल एयरलाईन्स, हिमालयन एयरलाईन्स र चाइनिज एयरलाईन्सहरुले चीनको बिभिन्नशहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ पहल गर्नुपर्नुका साथै पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले कस्टु कस्ट होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदानगर्न माग राखेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गर्न माग गरेको छ भने ऋण, ऋणको ग्यारेण्टी, कर्पोेरेट बण्डमा सरकार वा राष्ट्र वैंकबाट टेवादिनुपर्ने माग राखेको छ ।

साथै पर्यटन क्षेत्र सुधारका लागि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउन माग राखेको छ । यसैगरी मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजमलगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने चेम्बरको माग छ । यसैगरी हवाई क्षेत्र सुधारका लागि पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुका साथै राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्यविमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका अघि बढाई आन्तरिक रुपमा रोजगारी सिर्जना गर्न माग राखेको छ ।

। यसैगरी जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्बीमा कम्पनीबाट सहुलियत दरमा गराउनकाु साथै नेपाल आयल निगमले हालमाग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्थागरी सहुलियत प्रदान गर्न माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL