Logo

औषधि लिन श्री एयरको जहाज सिंगापुर उड्यो, आजै नेपाल फर्कने

औषधि लिन श्री एयरको जहाज सिंगापुर उड्यो, आजै नेपाल फर्कने



काठमाडौं । श्री एयरलाईन्सको ९ एन एएमबी सिआरजे ७०० जहाज औषधि लिन बिहीबार बिहान सिङ्गापुर उडेको छ । गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज बिहानै सिङ्गापुर उडेको श्री एयरलाईन्सका प्रवन्धक तथा प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन ।

laxmi

आफुहरुको सामाजिक उत्तरदायित्व अन्तरगत सरकारले किनेको औषधिको भाडा नलिने श्री एयरका प्रवक्ता मानन्धरले जानकारी दिएका छन । यस अघि पनि २ पटकसम्म स्थगित गरेको उक्त जहाज सिंगापुरबाट स्वास्थ्य सामग्री लिएर आजै नेपाल पर्कने छन । मानन्धरका अनुसार सिंगापुरबाट ल्याउने औषधिको परिमाणभने करिब पाँच सय किलोको हाराहारीमा मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL