Logo

कतार र टाईटन एयरले जर्मन र बेलायतका नागरिक लैजाँदै, बुधबार ५७० जना विदेशी पर्यटक स्वदेश फिर्ता

कतार र टाईटन एयरले जर्मन र बेलायतका नागरिक लैजाँदै, बुधबार ५७० जना विदेशी पर्यटक स्वदेश फिर्ता



काठमाडौं । बुधरबार कतार एयर र टाईटन एयरले ५ सय ७० जना विदेशी पर्यटकलाई स्वदेश फिर्ता लगेको छ ।

laxmi

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आजै ति पर्यटकहरुलाई स्वदेश फिर्ता पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार कतार एयरवेजमा ३ सय २ जना जर्मनी रहेका छन भने टाईटन एयरमा २ सय ६८ जना बेलायतका नागरिक रहेका छन ।

कोभिड १९ (कोरोना भाईरस) का कारण नेपाल लकडाउनमा परे पछि विदेशी नागरिक फसेको थियो । उनीहरुलाई राजदुतावासमार्फत समन्वय गरी स्वदेश फिर्ता गरिरहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन । क्षेत्रीका अनुसार लकडाउन पछि १८ ओटा अन्तरराष्ट्रिय उडान त्रिभुवन विमानस्थलबाट गरिसकेको छ ।

कतार र टाईटन एयरले जर्मन र बेलायतका नागरिक लैजाँदै, बुधबार ५७० जना विदेशी पर्यटक स्वदेश फिर्ता

करिब १० हजार भन्दा बढी विदेशी पर्यटक नेपालमा फसे पछि उद्दारकार्य जारी रहेको र हालसम्म ३ हजार २ सय भन्दा बढी पर्यटकलाई स्वदेश फिर्ता गरिसकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL