Logo

अन्यौलमा आन्तरिक उडान, अन्तरराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित गर्ने उच्चस्तरीय समितिको निर्णय

अन्यौलमा आन्तरिक उडान, अन्तरराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित गर्ने उच्चस्तरीय समितिको निर्णय



काठमाडौं । सरकारले अन्तरराष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले उक्त निणय गरेको हो ।

यस अघि सरकारले बैशाख ३ गतेसम्म हवाई उडान बन्द गरेको थियो । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै समितिले थप १५ दिनको लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्नेलगायतका निर्णयसमेत गरेको छ । तर आन्तरिक उडानमा प्रतिबन्ध लगाउने या के गर्ने भनेर कुनै निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL