Logo

बसन्त ऋतुमा हुने हिमाल आरोहण स्थगित, अनुमति लिएकाले पनि आरोहण गर्न नपाउने

बसन्त ऋतुमा हुने हिमाल आरोहण स्थगित, अनुमति लिएकाले पनि आरोहण गर्न नपाउने



काठमाडौं । २०२० को बसन्त ऋतुमा हुने हिमाल आरोहण हाललाई स्थगित गरेको छ । उपप्रधान मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको उच्चस्तिरिय समितिले तत्कालका लागि हिमाल आरोहण गर्न नदिने निर्णय गरेको हो ।

laxmi

पर्यटन बिभागका होटल, पर्वतारोहण तथा अनुगमन शाखाकी निर्देशक मिरा आचार्यका अनुसार बसन्त ऋतुमा हुने कुनै पनि हिमाल आरोहणका लागि तत्काल कुनै पनि समुहलाई अनुमति नदिने गरि निर्णय भएको हो ।

उक्त समितिले बिहीबारदेखिनै लागु गर्ने गरि निर्णय गरेको बिभागले जानकरी दिएको छ । यस अघि अनुमति लिएका तर हिमाल आरोहण गर्न बाँकी रहेकाहरुले समेत अर्को सुचना जारी नभए सम्मका लागि आरोहण गर्न नपाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL