Logo

कोरोना भाईरसको सावधानी अपनाउँदै बुद्ध एयर, ज्वरो आएका यात्रुको टिकट फिर्ता

कोरोना भाईरसको सावधानी अपनाउँदै बुद्ध एयर, ज्वरो आएका यात्रुको टिकट फिर्ता



काठमाडौं । बुद्ध एयरले सामान्य ज्वरो आउने यात्रुलाई जहाजमा यात्र गर्न नदिने भएको छ । कम्पनीले बुधबारदेखि विमानस्थलमा नै गएर यात्रुको स्वास्थ्य जाँच गरि ज्वरो आएका यात्रुलाई जहाज नचढाउने भएको हो ।

laxmi

हाल विश्वभरिनै फैलिरहेको कोरोना भाईरसका कारण ३ हजार जना भन्दा बढीले ज्यान गुमाईसकेको अवस्थामा बुद्ध एयरले उक्त सावधानी अपनाउने भएको हो । कम्पनीका प्रवक्ता रुपेश जोशीका अनुसार त्यस्ता ज्वरो आएका यात्रु भेटिएको खण्डमा उनीहरुले काटेको टिकटको सम्पूर्ण रकम फिर्ता हुने छ ।

साथै त्यस्ता बिरामीले कम्पनीको ०१-५५४२४९४ मा सम्पर्क गरि टिकट रद्द गराई नियमानुसार भाडा फिर्ता गर्न समेत आग्रह गरेको छ । कम्पनीले विमानस्थल वरपर समेत नजान आग्रह गर्दै कोरोनाबाट सबैलाई बच्न र बचाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL