Logo

त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन २ ओटा रोबोट राखिदैं, बिहीबारदेखि सेवा दिने

त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन २ ओटा रोबोट राखिदैं, बिहीबारदेखि सेवा दिने



काठमाडौं । ४४ लाख रुपैयाँ खर्च गरेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २ ओटा रोबोट राख्ने भएको छ । डिजिटल नेपालको अवधारणासँगै नेपालको पर्यटनको क्षेत्रमा प्रविधिको उपयोग गर्ने उद्देश्यले त्रिभुवन विमानस्थलमा उक्त रोबोट राख्ने काम गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप-सचिव राजन पौडेलले जानकारी दिएका छन ।

laxmi

उनका अनुसार पाईला टेक्नोलोजीले निर्माण सम्पन्न गरेको उक्त रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्नेछन । उक्त रोबोटले विमानस्थलमा नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिषा प्रकृया र त्रिभूवन विमानस्थलको संरचनालगायतका विषयमा जानकारी गराउने छन ।

उक्त रोबोट पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल भ्रमण बर्ष सचिवालयको संयुक्त प्रयासमा विमानस्थलको आगमन र प्रस्थान कक्षमा राख्ने तयारी भईरहेको उप-सचिव पौडेलले जानकारी दिएका छन । उनका अनुसार ति रोबोट बिहीबार जडान गरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL