Logo

बुद्ध एयरले मार्च पहिलो हप्ता एटीआर ७२ ल्याउँदै, पुरानै गन्तब्यमा उडान भर्ने

बुद्ध एयरले मार्च पहिलो हप्ता एटीआर ७२ ल्याउँदै, पुरानै गन्तब्यमा उडान भर्ने



काठमाडौं । बुद्ध एयरले भ्रमण बर्ष लक्षित गरेर जनवरीमा नै ल्याउने भनेको नयाँ जहाज मार्च पहिलो हप्ता मात्रै ल्याउने भएको छ ।

laxmi

कम्पनीले ल्याउने नयाँ जहाज एटीआर ७२ फेब्रुअरी अन्तिमदेखि मार्चको पहिलो हप्ता सम्म आईपुग्ने गरी तयारी भईरहेको कम्पनीका प्रवक्ता तथा चिफ मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन । भारतीय कम्पनीले निर्माणमा ढिलाई गर्दा समयमै ल्याउन नसकेको बुद्धले जानकारी दिएको छ ।

जोशीका अनुसार उक्त नयाँ जहाज एटीआर ७२ भारतबाट ल्याउन लागेको हो । उनले भने, ‘जहाज उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भइसकेको छ, जहाज आउने वित्तीकै उडान सुरु गर्छौं ।’ उक्त जहाज थपसँगै कम्पनीको जहाज संख्या १४ पुग्नेछ ।

नयाँ आउने जहाज एटीआर अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । उक्त नयाँ जहाज नेपाल आए पछि पुरानै गन्तब्यमा उडान गर्ने कम्पनीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL