Logo

माघ २४ गतेदेखि काठमाडौं पोखरा नियमित उडान गर्दै श्रीएयर, हवाई भाडा २ हजार

माघ २४ गतेदेखि काठमाडौं पोखरा नियमित उडान गर्दै श्रीएयर, हवाई भाडा २ हजार



काठमाडौं । श्री एयरलाईन्सले यही माघ २४ गतेदेखि पोखरामा नियमित उडान सुरु गर्ने भएको छ । कम्पनीले यही माघ ६ गते परीक्षण उडान सफल भए पछि माघ २४ गते देखि नियमित उडान सुरु गर्न लागेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका हुन ।

कम्पनीले क्यानाडाको बम्बाडियर डास ८ क्यु ४ सय जहाजबाट पोखाामा नियमित उडान गर्ने छ । यस अघि श्रीले आन्तरिक उडानमा सेवा बढाउने उद्देश्यले यही माघ १ गतेदेखि जनकपुर उडान सुरु गरिसकेको छ । पोखरामासमेत परीक्षण उडान सफल भए पछि सबे प्रकृया पुरा गरी माघ २४ देखि नियमित उडान गर्न लागेको मानन्धरले जानकारी दिएका हुन ।

मानन्धरका अनुसार काठमाडौं पोखरा हवाई भाडादर भने २ हजार रुपैयाँ र पोखरा काठमाडौं २६ सय रुपैयाँ रहेको छ । श्रीले काठमाडौं पोखरा उडानको लागि सबै तयारीका काम सम्पन्न गरी दैनिक ५ उडान गर्ने गरि उडान तालिका बनाएको छ । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कति उडानको लागि समय दिने भन्ने विषय अझै एकिन नभएको मानन्धरले बताए ।

उनले भने, ‘सायद एकदुई दिन भित्रै उक्त सेडुअल समेत आउने छ, हाम्रो तार्गेट भनेको दैनिक ५ उडान गर्ने नै हो ।’ विगत ६ महिनाअघि साना एयरपोर्टमा सेवा दिने उद्देश्यले जहाज ल्याए पनि प्राधिकरणले अनुमति नदिएपछि श्रीका जेट इन्जिन जहाजले उडिरहेकै गन्तव्यमा सेवा दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL