Logo

भरतपुर विमानस्थल बिस्तार हुँदै, तत्काल काम अघि बढाउने मन्त्री भट्टराईको उद्दघोष

भरतपुर विमानस्थल बिस्तार हुँदै, तत्काल काम अघि बढाउने मन्त्री भट्टराईको उद्दघोष



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थलको विस्तार गर्ने बताएका छन । मन्त्री भट्टराईले भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने समेत जानकारी दिएका छन । उनले सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाउने बताएका हुन ।

सोमबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको छलफलमा सहभागीले भरतपुर बिमानस्थलको बिस्तार अपरिहार्य भएको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, पर्यटन मन्त्री योगेशकुमार भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको चितवनको बिमानस्थलको बिस्तार र स्तरोन्नति अनिवार्य भएको बताए । उनले सबै मन्त्रालय र निकायको समन्वयमा यसको लागि काम अघि बढिरहेको भन्दै भरतपुर बिमानस्थलको बिस्तारको लागि पर्यटन मन्त्री भट्टराईले देखाएको तदारुकता र पहलकदमीको प्रशंसा समेत गरेका छन ।

त्यसतै रक्षा तथा उप्रधानमन्त्री पोखरेलले सो बिमानस्थल बिस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन । उनले बिमानस्थल बिस्तारमा सेना समस्या नै नभएको बताए । भरतपुर बिमानस्थल बिस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने बताए पछि रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

छलफल कार्यक्रममा भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिको आबश्यकता, प्राबिधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL