Logo

श्री एयरको पोखरामा परीक्षण उडान सफल, छिट्टै ब्यवसायिक उडान गर्ने

श्री एयरको पोखरामा परीक्षण उडान सफल, छिट्टै ब्यवसायिक उडान गर्ने



काठमाडौं । श्री एयरलाईन्सले पोखरामा परीक्षण उडान गरेको छ । एयरलाईन्सले सोमबार दिउँसो साढे २ बजे ८० सिट क्षमताको (क्यू ४००) जहाजबाट सफल परीक्षण उडान गरेको हो ।

श्रीले आन्तरिक उडानमा सेवा बढाउने उद्देश्यले यही माघ १ गतेदेखि जनकपुर उडान सुरु गरिसकेको छ । पोखरामासमेत परीक्षण उडान सफल भए पछि छिट्टै ब्यवसायिक उडान गर्ने कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन ।

विगत ६ महिनाअघि साना एयरपोर्टमा सेवा दिने उद्देश्यले जहाज ल्याए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएपछि श्रीका जेट इन्जिन जहाजले उडिरहेकै गन्तव्यमा सेवा दिँदै आएका थिए ।

‘नियमित उडानको लागि भने सफल परीक्षण उडान गरेको रिपोर्ट बुझाए पछि मात्रै प्राधिकरणले अनुमति दिने छ’, उनले भने, ‘प्राधिकरणको अनुमति पाएसँगै पोखरामा हामी नियमित उडान गर्ने छौं ।’ उनले भ्रमण बर्षलाई लक्षित गर्र्दै पोखरामा उडान सेवा विस्तार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL