Logo

बिजनेस क्लासको सिट खाली हुँदाहुँदै पनि किन अन्य यात्रुलाई बस्न दिईँदैन ? यस्तो छ कारण

बिजनेस क्लासको सिट खाली हुँदाहुँदै पनि किन अन्य यात्रुलाई बस्न दिईँदैन ? यस्तो छ कारण



काठमाडौं । हवाईजहाजको यात्रा अहिले विश्वमा सामान्य विषय हो । तर, हवाईजहाजमा धेरैपटक यात्रा गर्नेहरुले पनि बिजनेस क्लासको सीटको याात्राको अवसर भने विरलै मात्र पाउँछन् । सयौं पटक हवाईजहाजमा यात्रा गर्नेहरुसँग पनि बिजनेस क्लासमा बसेर यात्रा गरेको अनुभव नहुन सक्छ ।

सामान्यतया हवाईजहाजमा इकोनोमी र बिजनेस क्लास गरि दुई प्रकारका सीट हुन्छन् । प्राय हवाईजहाजको अघिल्लो भागमा बिजनेस क्लासका सीट हुन्छन । ती सीट आरामदायी र आकर्षक हुन्छन भने त्यहाँ बस्ने यात्रुले एयरलाइन्सबाट विशेष सेवा पनि पाउँछन् ।

तपाईँले यदि कुनै फ्लाईटको ईकोनोमी क्लासको टिकट बुक गर्नुभयो र प्लेनमा चढ्दा आफ्नो सिट अप्ठ्यारो हुँदा विजनेस क्लासका सिट खाली देख्नुभयो भने के गर्नुहुन्छ ? अवश्य पनि तपाई पछि फ्लाईट अटेन्डेन्टले हेर्छ भनेर आफ्नो सामान बोकेर विजनेस क्लासको खाली सीटमा गएर बस्नुहुन्छ ।

यस्तो अवस्थाहरुमा एयरलाईन्सहरुले यात्री जस्तो भएपनि यस्तो हर्कत गरेको मन पराउँदैनन । यस्तो अवस्थामा जस्तोसुकै अवस्थामा पनि एयरलाईन्स कम्पनीहरुले बरु विजनेस क्लासको सिट खाली राख्छन अन्य यात्रुलाई बस्न दिदैनन । यस्तै एयरलाईन्स कम्पनीको पनि विजनेस क्लासको सिट खाली नै भएपनि उड्न चाहन्छन ।

यदी ईकोनोमिक्स क्लासको यात्री विजनेस क्लासको खाली सिटमा बस्न आयो भने एयरलाईन्स कम्पनीहरुले यसलाई चोरी भन्ने गर्छन । यदी कुनै यात्रीले यस्तो गरे कम पैसा तिरेर धेरै सुविधा लिएको जस्तो हुने एयरलाईन्स कम्पनीहरुको धारणा हुन्छ ।

गत सेप्टेम्बरमा युनाईटेड एयरलाईन्सले ईकोनोमिक्स क्लासको टिकट काटेर खाली भएको अवस्थामा विजनेस क्लासमा बस्ने यात्रीका लागि एक टिप्स लेखेको थियो । ‘तपाईँले टोयोटा गाडी चढ्नका लागि पैसा तिर्नुभएको छ र लेक्सस गाडी खाली छ भनेर लेक्सस चढन पाउनुहुन्न ।’ टिप्समा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL